झापा, मंसिर ३ । इलामको रोङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।

हिजो साँझ रोङ गाउँपालिका २ चयनपुर बस्ने दिनानाथ घिमिरेको काठ,ढुङ्गा, माटोले बनेको र टिनको छानो भएको २ तले घरमा अचानक बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट घर र घरमा रहेको भाडावर्तन,लत्ताकपडा,फर्निचर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

उक्त आगो स्थानीयहरुले मिलेर राति ९;३० बजे पूर्णरुपमा नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षति यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्