झापा, मंसिर ३ । झापामा दुईजना फरार महिला प्रतिवादी पक्राउ परेका छन् ।

हिजो दिउँसो ३ बजे सार्वजनिक अपराध मुद्धामा ६महिना कैद र ४ हजार ७२५ रुपैयाँ जरिवाना तोकिएर फरार रहेकी अर्जुनधारा ८बस्ने वर्ष४०की मिरा भन्ने निरा राईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापाको २०७२ मंसिर २८गतेको फैसला अनुसार सो सजाय तोकिएको थियो । जिल्ला अदालत झापामा दाखिला गराई लगत कट्टा र जरिवाना तिरेर उनी रिहा भएकी छन् ।
त्यस्तै बैंकिङ कसुर सम्बन्धी मुद्धामा दोषी ठहर भई फरार रहेकी शिवसताक्षी ८ बस्ने कमला थापा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको गत कात्तिक २७ गतेको पत्रअनुसार बैंकिङ कसुर सम्बन्धी चालु मुद्धामा उनलाई पक्राउ गरिएको जनाइएको छ ।



