झापा, मंसिर ३ । झापाको अर्जुनधारामा देवरले चलाएको मोटरसाइकलबाट लडेर भाउजुको मृत्यु भएको छ ।

तीन दिनअघि कात्तिक ३० गते अर्जुनधारा ६ कदमगाछीस्थित बिर्तामोड– शनिश्चरे सडकखण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१०प८८४७न. को मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा–८बस्ने बर्ष ५६की सरस्वती तामाङ श्रेष्ठ कुदिरहेको मोटरसाइकलबाट अचानक लडेर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा आज बिहानको राति २.४० बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सरस्वती सवार मोटरसाइकल उनका देवर अर्जुनधारा२ खुदुनाबारी बस्ने बर्ष ५३ का बिर्खबहादुर तामाङले चलाएका थिए । मोटरसाइकल चालक तामाङलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्