झापा, मंसिर ३ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको दुईवटा हतियार र गोली भेटिएको छ ।

पाँचथरको मिक्लाजुङ ३ आरुबोटे भन्ने स्थानबाट एक थान इन्सास र एक थान थ्री नट थ्री राइफल र ४ राउण्ड गोली फेला परेको हो । इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गरेको आरोपमा हिजो पक्राउ परेका पाँचथरका २२ वर्षीय सुशिल फियाकको बयानका आधारमा ती हतियार भेटिएको प्रहरी स्रोतले जनाएको छ । यसवारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

दुईवटा हतियार भेटिएसंगै झापामा प्रहरी कार्यालयबाट लुटिएका अझै २० थान हतियार भेटिन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्