झापा, मंसिर ३ । भारी मात्रामा लागूऔषध ब्राउनसुगरसहित झापा गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।

आज साँझ ७ः२८ बजे झापा गाउँपालिका वडा नम्बर ५ पन्थापडा बस्ने वर्ष अन्दाजी २० का अड्साद अली प्लास्टिकबाहेक ६३ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

बाह्रदशी वडा नं.३ स्थित राजगढबाट चारपानेतर्फ आउँदै गरेको मे ८ प ८१४० नं को मोटरसाइकललाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट त्यति धेरै लागूऔषध बरामद भएको थियो । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्