झापा, मंसिर ४ । बिर्तामोड– ५ महानन्द चोकस्थित बिग ब्रदर कभर्डहलका संचालक उमेश बोहोरामाथि हतियार प्रहार भएको छ ।

गएराति ९ बजे बिर्तामोड ५ महानन्द चोक बस्ने बर्ष ५०का उमेश बोहोरालाई सोही ठाउँका बर्ष ४८ का मेदनीप्रसाद मैनालीले हतियार प्रहार गरेका हुन् ।पेट, दुबै कोखा र दुबै हातमा चोट लागेका घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

हतियार प्रहार गरेर फरार भएका मैनालीलाई राति ११ बजे उनको घरबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट गएको टोलीले पक्राउ गरेको हो । सामान्य विवाद हुँदा मैनालीले हतियार प्रहार गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्