झापा, मंसिर ५ । भद्रपुरस्थित झापा कारागारका एक कैदीको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भारत पश्चिम बंगाल राज्य दार्जिलिङ बस्ने ६१ वर्षीय कर्णबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ८ बजे अचानक प्रेसरको बिरामी भई लिम्बूलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो । उपचारका क्रममा बिहान ८ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव सोही अस्पालमा रहेको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको र मृतकका आफन्तलाई जानकारी गराइसकिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् । उनी २०७५ साउन २९ गतेदेखि झापा कारागारमा कैद भुक्तान गर्दे आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्