झापा, मंसिर ५ । झापाको गौरीगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघ गौरीगञ्ज गाउँ कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

नेविसंघ गौरीगञ्जका सभापति रोशन यादवको अध्यक्षता तथा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गौरीगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष रुपक श्रेष्ठ,गौरीगञ्ज १ र ३ का वडा अध्यक्षहरु क्रमशः कार्तिकलाल राजवंशी र श्रवण गिरी ,लायन्स क्लवका अध्यक्ष संजीव रमण, गौरीगञ्ज बहुमुखी क्याम्पसका अध्यक्ष मखना महतो , नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समिति सभापति अघ्नु राजवंशी , गौरीगञ्जका सुरक्षा निकायका प्रमुखहरु लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि र नेविसंघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्