झापा, मंसिर ५ । धनकुटामा आज बिहान भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । त्यसमध्ये दुईजनाको अवस्था गंभीर रहेको छ ।

दुर्घटनामा परी संखुवासभा सभापोखरी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष अन्दाजी ८२ की सावित्रा कालाखेतीको मृत्यु भएको हो । घाइते कालाखेतीको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा बिहान ८.१५ बजे मृत्यु भएको हो । मृतकको शव तत्काल जिल्ला अस्पताल धनकुटामै रहेको छ ।
आज बिहान ६ः१० बजे धनकुटा पाख्रिबास नगरपालिका ५ भैसेस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौबाट खाँदबारीतर्फ आउँदै गरेको बा ४ ख ५५०२ नम्बर सप्तकोशी हाइस अनियन्त्रित भई बाटोबाट अन्दाजी ६०–७० मिटर तल खसेर दुर्घटना भएको हो ।
घाइतेहरुको विवरण–
१.संखुवासभा दरबन्दी भई प्रहरी चौकी धुपु संखुवासभामा कार्यरत धनकुटा महालक्ष्मी नगरपालिका वडा नम्बर ३ बस्ने प्रहरी जवान सुजता गिरी (मेरुदण्डमा चोट)
२. संखुवासभा सिलिचुङ गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष अन्दाजी ३० की सगिता राई (बाहिरी चोट नदेखिएको,अवस्था सामान्य,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको )
३.ऐ.ऐ बस्ने वर्ष ३९ का नरेन्द्र राई (बाहिरी चोट नदेखिएको,अवस्था सामान्य,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको )
४. संखुवासभा पाँचखपन नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष अन्दाजी २४ की लमु शेर्पा ( टाउकोमा चोट,अवस्था मध्यम रहेको ,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको )
५.उदयपुर लिम्चुङबुङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४४ की निर्जला राई (दाहिने खुट्टामा चोट ,अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको )
७.ऐ.ऐ वर्ष बस्ने वर्ष ११ की बिनिता राई (टाउकोमा चोट ,अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको )
८.ऐ.ऐ.बस्ने वर्ष १४ का जेसन राई (बाहिरी चोट नदेखिएको,अवस्था सामान्य रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको )
९. सिन्धुली फिटिङ गाउँपालिका (तत्काल वडा नम्बर नखुलेको) बस्ने वर्ष १९ का सन्तबहादुर तामाङ ( दाहिने खुट्टामा चोट,अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको )
१०.भोजपुर साप्लासिलिचुङ गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष अन्दाजी ३२ पासाङ शेर्पा (टाउकोमा चोट अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको )
११. संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष अन्दाजी ५० का रत्नबहादुर विक ( शरीरको विभिन्न भागमा चोट,अवस्था गम्भीर रहेकोमा जिल्ला अस्पताल धनकुटाबाट सामान्य उपचारपश्चात् विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा रेफर गरिएको)
१२.हाइस चालक तत्काल वतन नखुलेको वर्ष अन्दाजी ४० का दिपेन्द्र बुढाथोकी (शरीरको विभिन्न भागमा चोट,अवस्था गम्भीर रहेकोमा जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपश्चात् थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा रेफर गरिएको )








