झापा, मंसिर ७ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड वडा न.३ बस्ने २१ वर्षीय बादल राजवंशी रहेका छन् । हिजो दिउँसो १.२५ बजे बिर्तामोड नगरपालिका वडा नं. ४अन्नपुर्ण चौकबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
भदौ २४गतेको जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडको कम्पाउण्डभित्र रहेका सवारीसाधन तोडफोड र आगजनीमा उनको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ ।



