झापा, मंसिर ८ । झापामा सर्प र अरिङ्गालले टोकेर दुईजना घाइते भएका छन् ।

शनिवार बिहान ८ बजे झापा गाउँपालिका वडा न.४ भामटोली बस्ने अलिम मियाकी श्रीमती २७ वर्षीया तमिना बिबीलाई आफ्नै गोठबाट दाउरा निकाल्ने क्रममा सर्पले दाहिने हातमा टोकेको थियो । उनलाई उपचारको लागि सर्पदंश केन्द्र कोटिहोम सुरुङ्गामा लगी उपचार गरेपश्चात् घरमा ल्याइएको थियो । उनी पुनः बिरामी भएपछि हिजो साँझ ७ बजे बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । उनको अवस्था मध्यम रहेको छ ।

त्यस्तै हिजो बिहान बुद्धशान्ति गाउँपालिका ६ डाँडागाउँ बस्ने लिला थापाका छोरा १७ वर्षीय क्रिपेश थापा घरनजिकै रहेको रुखमा घाँस काट्ने क्रममा सोही रुखमा रहेको अरिङ्गालले टोकेर घाइते भएका छन् । उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्