झापा,मंसिर ८ । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। सोमबार मध्याह्न सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।


बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ताको प्रमाण पत्र लिएका छन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्