झापा, मंसिर ९ । झापा मेचीनगर १० धुलावारीस्थित रामघाटको सिँडीमा एकजना व्यक्ति मृत फेला परेका छन् ।

गएराति मेचीनगर १० खयरडाँगी बस्ने ५५ वर्षीय काजीकुमार कार्की रामघाटको सिँडीमा कोल्टे परी मृत्त अबस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर हुँदै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्