झापा, मंसिर १० । झापाको अर्जुनधारामा गएराति आगलागी हुँदा करिव ९ लाखको क्षति भएको छ ।

राति ११.४५ बजे अर्जुनधारा–१० कालिझोडा बस्ने मछिन्द्र पौडेलको जस्ता र काठले बनेको २तले ग्वाली घरमा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वाली घर र घरभित्र रहेका चामल ५० बोरा (१५०० केजी), चोकर १० बोरा (५०० केजी), खुदी १० बोरा (५०० केजी), धान २० मन (८०० केजी),मुडा बुन्ने धागो/डोरी ४० बोरा र ५ कठ्ठाको पराल जलेर नष्ट हुँदा अन्दाजी ८ लाख ८७ हजार बराबरको क्षति भएको छ ।

नेपाल प्रहरी, स्थानीय मानिस,बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति १ः१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्