झापा, मंसिर १० । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार दुईजना कैदी बन्दी झापामा पक्राउ परेका छन् ।

आज विहान १०ः१० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोली र तालुक जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको संयुक्त टोलीले झुम्का कारागारमा राजस्व छली मुद्धामा कैद भुक्तान गरिरहेका कैदी बन्दी मेचीनगर ६ बस्ने बर्ष ५२ का मदन पोखरेल र सोही ठाउँ बस्ने बर्ष ५८ का उतम ठकुरीलाई उनीहरुको घरबाट पक्राउ गरेको हो ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीहरु झुम्का कारागारबाट फरार भएका थिए । उनीहरुलाई सम्बन्धित कारागारमा पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्