झापा,मंसिर १० । नेकपा एमालेका नेता महेश बस्नेत धनगढी जाने भएपछि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

उनीहरू प्ले कार्डसहित सडकमा उत्रिएका छन् । बुधबार दिउँसो धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न नेता बस्नेत धनगढी जादैछन ।
उनी आउने भएपछि जेनजी युवाहरूले सडकमा प्ले कार्डसहित विरोध सुरू गरेका छन् । उनीहरूले गुण्डुको गुण्डा गो ब्याक, जेनजीको रगतमाथि खेलबाड गर्न पाइँदैन जस्ता नारा लेखेर प्ले कार्डसहित सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।
बस्नेतको सुरक्षा र जेनजीको बिरोध प्रदर्शनलाई ध्यानमा राखि सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । नेता बस्नेत प्लेनमार्फत् धनगढी जादैछन्। कैलाली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने भएकाले जेनजी युवाहरूले सोहि मार्गको जेनजी चोकमा प्रदर्शन जारी राखेका छन्।



