झापा, मंसिर १० । झापाको शिवसत्ताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या गर्ने मामाभान्जा जेल चलान भएका छन् ।

झापा जिल्ला अदालतले हत्यामा संलग्न शिवसताक्षी –१० माईधारकै मामा २७ वर्षीय सुनिल शाह र उनका भान्जा २३ वर्षीय राहुल साहलाई आज पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । घटनामा संलग्न एकजना आरोपित भने अझै फरार नै रहेका छन् । मामाभान्जासहित एकजना भारतीय सरोजको हत्यामा संलग्न देखिएको बताएपनि प्रहरीले ती भारतीयलाई पक्राउ गर्न सकेको छैन । उनको पहिचान पनि खुलाइएको छैन ।

सरोजलाई सुन लुट्ने योजना बनाएर सुनिल र उनका भान्जा राहुलले गत कात्तिक ९ गते हत्या गरेका थिए । हत्यापछि उनीहरूले सरोजको शव बिरिङ खोलाको पुलमुनि गाडेर गाडी जलाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्