झापा, मंसिर १० । नेकपा एमालेको ११औं महाधिवेशनका लागि झापामा आजदेखि महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रम शुरु भएको छ ।

३६ जना प्रतिनिधि छानिनु पर्ने झापामा त्यसको निकै गुणा बढीले उम्मेद्वारी दिने तयारी गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिनदेखि नै उम्मेदवार बन्न चाहनेहरुले आकांक्षा व्यक्त गर्न थालिसकेका छन् । सामाजिक संजालमार्फत आ–आफ्‌नो उम्मेदवारी बन्ने चाहना राखिरहेका छन् । झापामा पहिलो दिन आज पाँचवटा निर्वाचन क्षेत्र र एउटा दलित क्लस्टर गरी ६ ठाउँमा मतदाता नामावली प्रकाशन गरिएको छ । जिल्लाका १८ हजार ३३४ जना संगठित सदस्यहरुको नामावली प्रकाशित गरिएको जिल्ला पार्टी कार्यालयका कार्यालय सचिव छविलाल विश्वकर्माले बताए । ती नामावलीउपर दावी विरोध र सच्याउने कार्य आजै सकिएको उनले जानकारी दिए ।

भोलि बिहान मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । भोलि नै उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ । आकांक्षीहरुको संख्यालाई हेर्दा आवश्यक ३६ जना महाधिवेशन प्रतिनिधिभन्दा पाँचगुणा बढीले उम्मेद्वारी दिने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्