झापा, मंसिर ११ । नेकपा एमालेको ११औं महाधिवेशनका लागि झापा क्षेत्र नं २ मा ४८ जनाको उम्मेद्वारी परेको छ ।

खुल्ला , महिला र युवाको कोटाबाट गरी ९ जना महाधिवेशन प्रतिनिधि छानिनु पर्नेमा पाँच गुणा बढी उम्मेद्वारी परेको हो । उम्मेद्वारी दिनेहरुमा कोशी प्रदेश सरकारका मन्त्री एकराज कार्की, प्रदेश सांसदहरु चिन्तन पाठक, कमला थापा मगर, नगर प्रमुखहरु पवित्रादेवी महतारा , बलदेवसिंह गोम्देन , उपप्रमुख नगेन्द्र संग्रौला , एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी , विभिन्न वडाका वडाध्यक्षहरु , वडा सदस्यहरुलगायत छन् ।

खुल्ला सदस्यबाट ६ जना छानिनु पर्नेमा ३४ जनाले उम्मेद्वारी दिएका छन् । खुल्लातर्फ उम्मेद्वारी दिनेहरुमा नगेन्द्रप्रसाद संग्रौला,सुरेन राजवंशी,भीमचन्द्र भट्टराई,इच्छाबहादुर मिजार,भिष्मराज खरेल,अफ्रोज खाँ पैठान,चिन्तन पाठक,कमल गुरागाई,बद्रीप्रसाद भट्टराई,देवराज कार्की,गणेशप्रसाद पोखरेल,खगेन्द्र नेपाल,बृख प्रधान,प्रेमबहादुर गिरी,सुभास भट्टराई,नेत्रप्रसाद रिजाल,हरिप्रसाद ओझा,पुष्पकुमार प्रसाई, कृष्ण भट्टराई,प्रेमबहादुर कटुवाल,मोहम्मद इस्लाम अन्सारी,हडम मुर्मु सतार,राजकुमार ओली,रोमनीकुमार भट्टराई,एकराज कार्की,बलदेवसिंह गोम्देन तामाङ,हरिप्रसाद बास्कोटा, सञ्जिव सापकोटा,राहुलकुमार शर्मा,नेत्रप्रसाद पौडेल,खगेन्द्र इङ्नाम, विष्णुप्रसाद भट्टराई,उदयनारायण ढुंगाना र रमेश उप्रेती रहेका छन् ।

त्यस्तै महिलाबाट दुईजना महाधिवेशन प्रतिनिधि छानिनु पर्नेमा ६ जनाले उम्मेद्वारी दिएका छन् । महिलातर्फ पवित्रादेवी महतारा प्रसाई,पवित्रा पाठक,सीता उप्रेती पाठक,सुनिता खरेल,कमला भण्डारी,कमला थापा मगरले उम्मेद्वारी दिएका हुन् ।

त्यस्तै युवाबाट एकजना महाधिवेशन प्रतिनिधि आवश्यक भएकोमा ८ जनाले उम्मेद्वारी दिएका छन् । युवातर्फ सुमन नेम्बाङ,अनिल वाग्ले,सागर घिमिरे,खगेन्द्रराज आङ्देम्बे (राज),विकास गिरी,दिवाकरलाल चौधरी,अनिता कन्दङ्वा र उमा पाण्डे (रोजिना)ले उम्मेद्वारी दिएका हुन् । झापा जिल्लाभरिबाट ३८ जना महाधिवेशन प्रतिनिधि छानिनु पर्नेमा १४८ जनाले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्