झापा, मंसिर ११ । झापाको बिर्तामोड वडा न.२ चैतुवारीस्थित दुर्गा स्टिल प्रा.लि. उद्योगका कामदारहरु बस्ने घरमा आगलागी भएको छ ।

आज साँझ ६;४० बजे सो उद्योगका कामदारहरु बस्ने २ तले पक्की घरको भुइँतलाको भान्सा कोठाबाट ग्यास लिक भइ अचानक आगलागी भएको हो ।

आगलागीबाट भान्सा कोठा र भान्सा कोठासंगै टाँसिएको सुत्ने कोठा, कामदारहरुको नगद रु.१ लाख ५० हजार, लत्ताकपडा, मोबाइल–३ थान पूर्णरुपमा जल्दा छ लाख बराबरको क्षति भएको छ । उक्त आगो स्थानीय मानिसहरुको सहयोगमा साँझ ७;२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्