झापा,मंसिर १५ । राहदानी विभागले सन् २०२५ नोभेम्बर १ सम्म विभिन्न जिल्लागत तथा विदेशस्थित दूतावास कार्यालयहरू मार्फत दर्ता भएका राहदानी आवेदकका राहदानीहरू तयारी पूरा भई सम्बन्धित स्थानतर्फ पठाउने तयारी भइरहेको जानकारी दिएको छ।


विभागले आइतबार एक सूचना मार्फत उक्त अवधिमा आवेदन दिएका राहदानीहरू तयार भई सम्बन्धित स्थानतर्फ पठाउने क्रममा रहेको जनाएको छ।
देशका विभिन्न स्थानहरूमा तयार भएका राहदानीमध्ये अर्घाखाँचीमा ६९५, भक्तपुरमा ४९३, गौरिगञ्जमा १६१, इलाममा १६०, कपिलवस्तुमा १,२८७, काठमाडौँमा १,०४०, काभ्रेपलाञ्चोकमा १,३५३, लमजुङमा ७९३, ललितपुरमा ३९९, नवलपरासी पूर्वमा ३९०, नुवाकोटमा १,२९१, रामेछापमा ५१५, रसुवामा २६८, सिन्धुलीमा ७८९, सिन्धुपाल्चोकमा ९०४ र तनहुँमा १९८ राहदानीहरू तयारी अवस्थामा छन्।
त्यस्तै, बहराइनमा २२८, ग्रेट ब्रिटेन ९न्एए० मा १,३०९, मलेसियामा १,१५८, ओमानमा १२२, थाइल्यान्डमा १३६ र कतारमा १,६०५ राहदानीहरू पठाउने प्रक्रियामा रहेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्