झापा,मंसिर १५ । चालु आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघु वित्तले धितो दिने कर्जाको सीमा बढाएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको समीक्षामा लघु वित्तको धितो कर्जा सीमामा नीतिगत परिर्वतन गरेको हो ।
‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिनेछ,’ राष्ट्र बैंकका नीतिगत व्यवस्थामा भनिएको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखेको भन्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने समेत आफ्नो नीतिमा उल्लेख गरेको छ ।



