झापा, मंसिर १६ । मोटर चोरी गरी साइकलमा भारततर्फ लाँदै गर्दा सिमावर्ती झापा गाउँपालिकामा एकजना पक्राउ परेका छन् ।

आज बिहान ६.५० बजे झापा गाउँपालिका वडा नं. ४ चौधरी बस्ती इलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको सशस्त्र प्रहरी हवल्दार गणेशबहादुर गुरुङ्गको कमाण्डमा ५ जना र इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी सहायक निरीक्षक दिनेशकुमार माझीको कमाण्डमा ५ जनाको संयुक्त टोलीले नेपालबाट मोटर चोरी गरी भारततर्फ साइकलमा लैजाँदै गरेको अबस्थामा कनकाई ४ सुरुङ्गा बस्ने अन्दाजी वर्ष २७ का अशोक मगर पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनले मोटर चोरी गरेको पुष्टि भएको थियो । मोटरसहित नियन्त्रणमा लिई उनलाई आवश्यक कारवाहीको लागि पठाइएको छ ।

झापा गाउँपालिकामा चोरीका घटना बढ्दै गएको छ । चार दिनअघि झापा गाउँपालिका वडा नं ३ मा चोरी भएको थियो ।
झापा गाउँपालिका वडा नं ३ कामाटोली वजारदेखि लगभग २०० मिटर टाढा विनिताकुमारी गणेशको घरबाट घरमा कोही नभएको बेला चोरले लगभग २२ तोला चाँदी , एक तोला सुन र नगद दुई हजार पाँचसय चोरी गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्