झापा, मंसिर १६ । बैदेशिक रोजगार ठगीको आरोपमा झापाको दमकमा एकजना पक्राउ परेका छन् ।

बिराटनगर –८ स्थायी ठेगाना भई हाल दमक –५ बस्ने बर्ष ४० का प्रदिप पराजुली पक्राउ परेका हुन् । बैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौंमा उनीमाथि उजुरी परेको थियो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो बिहान ११ः४५ बजे दमक –५ बाट नियन्त्रणमा लिएको हो । उनलाई कार्वाहीको लागि काठमाण्डौ पठाइएको छ ।



