झापा, मंसिर १६ । धनकुटामा भएको शैक्षिक भ्रमणको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका बस चालक सुनसरी रामधुनी नगरपालिका –१ बस्ने ६० वर्षीय भुवन चौधरीको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको हो । दुई दिनअघि धनकुटा नगरपालिका –७ रमाईलो घुम्तीस्थित कोशी लोकमार्गमा तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको सुनसरी रामधुनी नगरपालिका ५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलको शैक्षिक भ्रमणबाट फर्किदै गरेको को १ ख ५३१३ नम्बरको स्कुल बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा २७ जना घाइते भएका थिए । घाइतेमध्ये २५ जना डिस्चार्ज भइसकेको र हाल २ जना घाइते विद्यार्थीहरुको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्