झापा, मंसिर १६ । एक्सेल डेभलपमेन्ट बैंकले सुनसरीको पिण्डेश्वर धाममा डस्टबिन वितरण गरेको छ ।


आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याउन बैंकले डस्टबिन वितरण गरेको हो । धरान १४ स्थित पिण्डेश्वर बाबा धाम व्यवस्थापन समितिलाई १० थान डस्टबिन, ५ थान डस्टप्यान, ५ थान कुचो, ५ थान झाडु हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा धरान वडा नं. १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले बैंकको यस कार्यप्रति खुसी व्यक्त गरे । उनले धरान १४ नम्वर वडा धार्मिक रुपमा प्रख्यात रहि देश विदेशबाट धेरै संख्यामा भक्तजन आउने र सो क्रममा मन्दिर परिसरलाई सफा राख्न यस बैंकले उपलब्ध गराएको डस्टबिन महत्वपूर्ण रहने बताए ।

पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालीले बैंकको यस सामाजिक कार्यले मन्दिर क्षेत्र सफा राख्न महत्वपूर्ण भूमिका खेल्ने र सो कार्यको लागि बैंकप्रति धन्यवाद प्रकट गरे ।

कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा मन्दिरको सफाईमा योगदान पुर्‍याउन आह्वान गरे ।

डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

प्रादेशिक विकास बैंकको रुपमा झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पॉचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका विभिन्न ४७ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु साथै तीनवटा एटीएममार्फत ग्राहकहरु समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ । साथै बैंकले आफ्‌नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्र भित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्