झापा, मंसिर १७ । झापामा आगलागीका घटना बढ्दै गएको छ । दमकमा गोठमा आगलागी भएर चौपाया मरेको ९ घण्टा नबित्दै कन्काईमा पनि गोठमा आगलागी भएको छ । जसबाट एउटा बाछो मरेको छ भने एउटा गाई घाइते भएको छ ।


हिजो साँझ ७.४५ बजे कनकाई वडा न.४ त्रिवेणी टोल बस्ने खेमनाथ खनालको टिनको छानो टाटीबेरा भएको ग्वालीमा अचानक दियोबाट आगो सल्किएको थियो । आगलागीबाट ग्वाली र ग्वालीभित्र रहेको मकै, धान, तोरी, पानी तान्ने मोटर, पानी तान्ने तेलबाला मेसिन, भाँडाकुडा, पराल जलेर नष्ट भएको छ । ग्वालीमा रहेको एउटा माउ गाई जलेर घाइते भएको छ भने उक्त गाईको बाछो मरेको छ । आगलागीबाट अन्दाजी ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएर प्रहरी, स्थानीय र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा राति ८ः४० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

हिजै दमकमा गोठमा आगलागी हुँदा एउटा गाई जलेर मरेको छ भने अर्को घाइते भएको छ । बिहान ११ः३० बजे दमक १० सगरमाथा टोल बस्ने केशब भण्डारीको घरनजिकै रहेको खेतबारीमा धानको लारमा आगो लगाउने क्रममा उक्त आगो फैलिई सोही स्थानमा रहेको परालको कुन्यूमा सल्किएको थियो । त्यसपछि नजिकै रहेको इटाको गारो, टिनको छानो भएको गाईवस्तु बाँध्ने दुईवटा गोठमा आगलागी भएको थियो ।

बिहान ११ः३० बजे दमक १० सगरमाथा टोल बस्ने केशब भण्डारीको घरनजिकै रहेको खेतबारीमा धानको लारमा आगो लगाउने क्रममा उक्त आगो फैलिई सोही स्थानमा रहेको परालको कुन्यूमा सल्किएको थियो । त्यसपछि नजिकै रहेको इटाको गारो, टिनको छानो भएको गाईवस्तु बाँध्ने दुईवटा गोठमा आगलागी भएको थियो । आगलागीबाट गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठभित्र रहेको एउटा गर्भिनी गाई मरेको छ । त्यस्तै अर्को गाई घाइते भएको छ ।

सोही गोठमा राखिएको काठ, भाँडावर्तन, अन्नपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ८ लाख बराबरको धनमाल क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी, स्थानीयबासी, उर्लाबारी र कमलको दमकलको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्