झापा, मंसिर १७ । झापाको दमक –३ स्थित बेलडाँगी शिविरमा खुकुरी प्रहार गर्ने एकजना शरणार्थी पक्राउ परेका छन् ।

गएराति अन्दाजी ८ बजे बेलडाँगी शिविर सेक्टर ए३ हट नं. २०० बस्ने २९ वर्षीय प्रदिप बिश्वकर्मालाई सोही शिविर सेक्टर डी२ हट नं. १६६ बस्ने ४८ वर्षीय मंगलसिंह राईले खुकुरी प्रहार गरेका हुन् । राईले सामान्य विवादका कारण एक्कासि खुकुरीले विश्वकर्माको घाँटीको बाया साईडतर्फ प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेलाई दमक अस्पताल दमकमा ल्याई उपचार भइरहेको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले खुकुरी प्रहार गर्ने राईलाई खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्