झापा, मंसिर १७ । झापाको दमकमा हिड्दा हिड्दै एक वृद्धको मृत्यु भएको छ ।

आज दिउँसो ४.१५ बजे दमक वडा न.५ क्याम्पस मोडमा अर्जुनधारा ४ बस्ने ६२ वर्षीय युवराज पौडेल सडकमा हिड्ने क्रममा अचानक लडी बेहोस भएका थिए । अचेत अवस्थामा फेला पारी उनलाई उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्‍याएर डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक विपन विश्वकर्माको कमाण्डमा टोली खटिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्