झापा, मंसिर १८ । जेनजी आन्दोलनमा भागेका ३५ जना कैदीबन्दी र थुनुवा झापामा पक्राउ परेका छन् ।

झापाका प्रहरी कार्यालयहरुबाट भागेका २० जना थुनुवा पक्राउ परेको प्रहरीले जनाएको छ ।
भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले झापामा गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएका थिए । त्यसमध्ये २० जना पक्राउ परेको र फरार रहेका ७२ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाई भगाइएको थियो ।
त्यस्तै अन्य जिल्लाका कारागारबाट भागेर आएका १५ जना कैदीबन्दीलाई झापा प्रहरीले पक्राउ गरी सम्बन्धित कारागारमा पठाएको छ ।



