झापा, मंसिर १८ । पाँचथरमा बन्चरो प्रहार गरी ६ वटा पशु चौपायाको बीभत्स हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर तुम्बेवा गाउँपालिका ३ कोप्चे बस्ने रेशम लावती रहेका छन् । उनले आफ्नो घरमा रहेका पशु चौपायाको बीभत्स हत्या गरेका हुन् ।

विहान करिव ७ बजे उनले एक माउ गाई ,एउटा बाच्छो, २ वटा बाख्रा, २ वटा कुकुरलाई बञ्चरो प्रहार गरि बीभत्स तरिकाले हत्या गरेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय मौवाबाट गएको प्रहरी टोलीले लावतीलाई पक्राउ गरेको छ । लावतीलाई मानसिक समस्या रहेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्