पा, मंसिर १८ । झापा अर्जुनधाराको शनिश्चरे बजारमा भीषण आगलागी भएको छ ।

आज राति अन्दाजी ८ः४० बजे अर्जुनधारा नगरपालिका ८ शनिश्चरे बजार बस्ने सन्तोष शाहको २ तले पक्की घरमा उनले संचालन गर्दै आएको हार्डवेयर पसलमा अचानक बिद्युत सर्ट भई आगलागी भएको हो ।
सशस्त्र प्रहरी सुरक्षा बेश शनिश्चरेबाट १० जना, प्रहरी चौकी शनिश्चरेबाट १५ जना, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको १–१ वटा गरि जम्मा ३ वटा दमकल र अन्दाजी ४०/५० जना स्थानीय बासिन्दाको सहयोगमा आगो भर्खरै निभाइएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।



