झापा, मंसिर १९ । सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।

गएराति १०.४५ बजे सप्तरी कन्चनरुप २ बरमझियास्थित पूर्वपश्चिम लोकमार्गमा जनकपुरबाट काँकडभिट्टातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट जाँदै गरेको ना ३ ख ४४०२ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । बसमा सवार नाम थर वतन नखुलेका अन्दाजी बर्ष ५० का पुरुषको राति ११;४५ बजे धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

बसमा सवार ५५ जनामध्ये १२ जना यात्रुहरु घाइते भई अस्पतालमा उपचारको लागि पठाइएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधबप्रसाद काफ्लेले बताए । ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको उनले जानकारी दिए ।

घाइते हुनेहरुको विवरण यसप्रकार रहेको छ ।
१. देश भारत जिल्ला मधुवनी सुजातपुर न.पा. ११ बस्ने अं. बर्ष ३२ का मो. सहिदको कान, टाउको ढाँडमा चोट, अबस्था मध्यम, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगरमा पठाइएको ,प्राइम अस्पताल बिराटनगरमा उपचार भइरहेको ।
२. देश भारत ऐ. बस्ने बर्ष १२ का अलताफ ईनताफको टाउको र छातीमा चोट, अवस्था मध्यम, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगर रेफर , प्राइम अस्पताल बिराटनगरमा उपचार भइरहेको ।
३. देश भारत रागोरपुर बख्री ४ बस्ने बर्ष अं. २२ का अनिसकुमार शर्माको टाउको र बाँया पाखुरामा चोट, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको ।
४. देश भारत जिल्ला सितामडी भिठामोड ४ बस्ने वर्ष २४ को सुभान्सुकुमार झाको टाउको, नाक पाखुरामा चोट, अबस्था सामान्य धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको ।
५. देश भारत सिरखण्डी भिठा गा.पा. ६ बस्ने वर्ष ७३ की शान्ती देबीको टाउकोमा चोट, अबस्था मध्यम, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको ।
६. महोत्तरी जलेश्वर न.पा. ४ बस्ने वर्ष ५४ का जेरुद्र झाको चिउँडो र दाहिने हातमा चोट, अवस्था मध्यम ,धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको ।
७. सुनसरी हरिनगरा गा.पा. ४ बस्ने बर्ष ३१ का शंकरकुमार मेहताको टाउको र नाकमा चोट, अवस्था मध्यम, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगर रेफर, प्राइम अस्पताल बिराटनगरमा उपचार भइरहेको ।
८. धनुषा लक्ष्मनिया गा.पा. ६ बस्ने बर्ष २३ का सोनु राम टाउकोमा चोट, अवस्था सामान्य, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको ।
९. झापा बुद्धशान्ति गा.पा. १ बस्ने टिकादेबी दुलालको टाउको र बाँया खुट्टामा चोट, अवस्था मध्यम, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भइरहेको ।
१०. सर्लाही पर्सा गा.पा. ६ बस्ने बर्ष ४० का मनोजकुमार साह टाउको र खुट्टामा चोट, अवस्था मध्यम, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगर रेफर, प्राइम अस्पताल बिराटनगरमा उपचार भइरहेको ।
११. मोरङ सुन्दर हरैचा न.पा. ४ बस्ने वर्ष २७ की कृतिका कोईराला शरीरको भित्री भागमा चोट, अबस्था मध्यम, धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराटनगर रेफर , प्राइम अस्पताल बिराटनगरमा उपचार भइरहेको ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्