झापा, मंसिर १९ । झापा गाउँपालिकामा ट्रयाक्टरको रोटाभेटरबाट लडेर एकजनाको हात चुँडिएको छ ।

गएराति १० बजे झापा गाउँपालिका वडा न.१ सालमारा बस्ने चालक ४० वर्षीय गोपाल राजवंशीले प्र.१–०१–००१त ९१६५ न.को ट्रयाक्टरले आफ्नै खेत जोत्ने क्रममा ट्रयाक्टर रोकी रोटाभेटरबाट ओर्लिने क्रममा लडेका थिए ।

लड्दा उनको दाहिने हात चुँडिएको छ भने दुवै खुट्टामा गहिरो चोट लागेको छ । गंभीर अबस्थाका राजवंशीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्