झापा, मंसिर २० । झापाको शिवसताक्षीमा श्रीमानलाई बाम्फोक प्रहार गर्ने श्रीमती पक्राउ परेकी छन् ।

गएराति १२ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिले बस्ने ३३ वर्षीय टंकबहादुर सुब्बालाई सामान्य घरायसी विवादका कारण उनकी श्रीमती ४४ वर्षीया कमला तामाङले धारिलो हतियार बाम्फोक प्रहार गरेकी हुन् ।

टंकबहादुरको दाहिने खुट्टामा गहिरो चोट लागेको छ । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको छ ।

हतियार प्रहार गर्ने कमलालाई बाम्फोकसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्