झापा, मंसिर २१ । थ्रेसरले हातको औंला काटिएर भद्रपुरमा एकजना घाइते भएका छन् ।

आज बिहान १० बजे भद्रपुर नगरपालिका वडा न.६ मन्त्री चोक बस्ने ५० वर्षीय नारायण राजवंशीले आफ्नै घरको धान थ्रेसर गर्ने क्रममा थ्रेसरले उनको बायाँ हातको २ वटा औला काटिएको हो ।
घाइतेलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा ल्याइएको छ । घाइतेको उपचारमा थ्रेसर धनी भद्रपुर ७ बक्तोबारी बस्ने सुनिल राजवंशी संलग्न रहेको प्रहरीले जनाएको छ ।



