झापा, मंसिर २२ । बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा होमप्रसाद सिटौला सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा उम्मेद्वारी दिएका कपिल न्यौपानेले दावी छोडेपछि सिटौला सर्वसम्मत भएका हुन् ।उनले यसअघि उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए भने त्यसअघि लेखा सुपरीवेक्षण समितिको संयोजक एक कार्यकाल र सोही समितिको सदस्य दुई कार्यकाल भएका थिए ।
अन्य पदहरुमा यसअघि नै सर्वसम्मत भइसकेको थियो । उपाध्यक्षमा केशवराज पाठक , सचिव अर्जुन पाठक , कोषाध्यक्ष भीमा शिवाकोटी तथा सदस्यहरुमा राजु चाम्लिङ, निरोज सिटौला , पुनम प्रसाई , टीका लामिछाने र नरेश न्यौपाने चयन भएका छन् । त्यस्तै अर्जुन न्यौपाने संयोजक तथा सदस्यहरुमा होमप्रसाद उप्रेती र दिनेश अधिकारी रहेको लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत गठन भएको थियो । निर्वाचन गराउन शम्भु थापा मगरको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।
संस्थापक अध्यक्ष मोहन शिवाकोटी २० वर्षपछि विदा हुँदै गर्दा संस्थाको सातौ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको लागि निर्वाचन कार्यक्रम संचालन गरिएको थियो ।




