झापा, मंसिर २२ । विभिन्न मुद्धामा कसूरदार ठहर भई फरार भएका पाँचजना प्रतिवादी झापाको दमकबाट पक्राउ परेका छन् । पक्राउ परेकामध्ये तीनजना जेल चलान भएका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले लागूऔषध मुद्धाका दमक ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ३ छाप्रा नम्बर ३२४ बस्ने ३४ वर्षीय दावा तामाङ , ज्यान मार्ने उद्योग मुद्धाका दमक ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर सी २ छाप्रा नम्बर २१२ बस्ने २६ वर्षीय आशिष राई , चोरी मुद्धामा दमक वडा नं १ बस्ने ३५ वर्षीय विक्रम राई , अभद्र व्यवहार मुद्धाका दमक ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी १ छाप्रा नम्बर ९५ बस्ने ३५ वर्षीय तुलाराम मगर र पशुपन्छी सम्बन्धी कसूरमा दमक वडा नं ३स्थित भुटानी शरणार्थी शिविर सेक्टर इ३ छाप्रा नम्बर २०८ बस्ने ३९ वर्षीय खगेन्द्र दुलाललाई पक्राउ गरेको थियो ।
उनीहरुमध्ये तुलाराम मगर र आशिस राई पीडित राहत कोषमा रकम जम्मा गरेर रिहा भएका छन् भने दावा तामाङ , विक्रम राई र खगेन्द्र राई जेल चलान भएको अदालत स्रोतले जनाएको छ । दमक प्रहरीको टोलीले मंसिर १९ देखि २१ गतेसम्म उनीहरुलाई पक्राउ गरी हिजो झापा जिल्ला अदालतमा पेश गरेको थियो । दमक प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने कार्यलाई तीब्रता दिएको छ ।



