झापा, मंसिर २२ । दुर्गा प्रसाईसंग प्रधानमन्त्रीको राजधानीमा वार्ता हुन लाग्दा बिर्तामोडमा र्‍याली निकालिएको छ ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ अभियानले बिर्तामोडमा र्‍याली निकालेको हो ।
बिर्तामोड ५ सिटीसेन्टर अगाडी राष्ट्र राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ अभियान झापाको आयोजनामा झापा जिल्ला अध्यक्ष राजेश राजवंशी, झापा जिल्ला सह–संयोजक कमल कर्मचार्य, अभियानका कार्यकर्ता लगायत करिब सय जनाको उपस्थितिमा अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र प्रधानमन्त्री सुशीला कार्कीबिच हुन लागेको दुईपक्षीय वार्तालाई खबरदारी गर्न र्‍याली निकालिएको हो । विभिन्न नारासहित सो खबदारी र्‍याली बिर्तामोड बजार परिक्रमा गरी पुनः सिटीसेन्टर अगाडी पुगेर समापन हुने जनाइएको छ ।

आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री कार्की र प्रसाईबीच वार्ता हुन लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्