झापा, मंसिर २३ । अचानक लडेका इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी निरीक्षक बुद्धिमान चोङवाङ सिकिस्त विरामी परेका छन् ।

हिजो बिहान ६ः१५बजे दमक १० घर भई इप्रका बिर्तामोडमा कार्यरत ५० वर्षीय प्रहरी निरीक्षक चोङवाङ व्यारेकको आफ्नै कोठामा एक्कासि चक्कर लागेर लडेका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।
प्रेसर लो, मुटुको चाल अनियन्त्रित भएपछि सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएका कारण आइसीयुमा राखेर उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्