क्षेत्र नं –१ बाट प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको एकल नाम सिफारिस

झापा, मंसिर २३ । आगामी फागुन २१ मा हुन लागेको निर्वाचनका लागि झापाका तीनवटा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेद्वारहरुको नाम सिफारिस भएको छ ।

झापा क्षेत्र नं १ , ४ र ५ बाट कांग्रेसका प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वारहरुको नाम सिफारिस गरिएको हो । झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं ४ मा जिल्ला सभापति देउकुमार थेबेसहित तीनजना र क्षेत्र नं ५ मा अइन्द्रविक्रम केरुङसहित ७ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको हो ।

आगामी फागुन २१ मा हुन लागेको निर्वाचनका लागि नेपाली कांग्रेस झापा क्षेत्र नं –१ ले प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मतले पठाएको छ भने समानुपातिकतर्फ नारायण गिरी, राम कट्टेल, खड्गबहादुर धिमाल, गोमा भट्टराई , शोभा नेम्बाङ र राधा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको छ।

त्यस्तै नेपाली कांग्रेस झापा क्षेत्र नं –४ ले प्रत्यक्षतर्फ जिल्ला सभापति देउकुमार थेबे , उत्तम चम्लागाई र धनमाया चिमरियाको नाम पठाएको छ । त्यस्तै समानुपातिकतर्फ सन्तोष मेन्याङ्वो , टंकबहादुर विक , सुन्दर बेस्रा , सूर्यनारायण ताजपुरिया र मथुरा श्रेष्ठ गरी ४ जनाको नाम पठाइएको क्षेत्रीय सभापति जयनारायण शाहले बताए ।

त्यस्तै नेपाली कांग्रेस झापा क्षेत्र नं –५ ले प्रत्यक्षतर्फ अइन्द्रविक्रम केरुङ , पदमबहादुर पौडेल , मन्दरा पौडेल चिमरिया , देवीप्रसाद दाहाल , मेदनीप्रसाद सिटौला , ,सिरम कार्की र खगेन्द्रप्रसाद पाण्डव अधिकारी गरी ७ जनाको नाम पठाएको छ । त्यस्तै समानुपातिकतर्फ सुरेश सुब्बा , महिन्द्राकुमारी लिम्बू , भूमिराज राई , दिलिप राई , सत्यनारायण चौधरी , चन्द्रा खड्का भट्टराई , कृष्ण धिमाल , रोहित शाह , अम्बर बराईली , निरज अग्रवाल , भीममाया उप्रेती भुजेल, मेनुका बुढाथोकी र रामकुमारी पौडेल गरी १३ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिएका छन् । झापा क्षेत्र नं २ र ३ ले भोलि नाम सिफारिस गर्ने जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्