झापा, मंसिर २४ । झापाको कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगीमा विहेघरमा नाच्ने विषयमा विवाद भई कुटपिट हुँदा पाँचजना घाइते भएका छन् ।

गएराति ११ बजे कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगी बस्ने धनबहादुर लिम्बूको घरमा वैवाहिक कार्यक्रममा जन्ती आएकोमा जन्तीसंग नाच्ने क्रममा एक आपसमा झै–झगडा तथा कुटपिट भएको हो ।

कुटपिटबाट कनकाई नगरपालिका वडा नं. ३ बस्ने बर्ष १८ का युकेश न्यौपाने ( चिउँडोमा चोट, अवस्था सामान्य), कनकाई नगरपालिका वडा नं. २ बस्ने बर्ष १८ का मनिष श्रेष्ठ ( टाउको, चिउँडो, दाहिने हातमा चोट, अवस्था सामान्य) ,. कनकाई नगरपालिका वडा नं. ३ बस्ने बर्ष १८ का प्रिन्स ठकुरी ( भित्री चोट, अवस्था सामान्य) , कनकाई नगरपालिका वडा नं. ३ बस्ने बर्ष १८ का आदित्य चिमरिया ( टाउकोमा चोट, अवस्था मध्यम ) र कनकाई नगरपालिका वडा नं. २ बस्ने बर्ष ३४ का भिम राई ( टाउकोमा चोट) घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पठाइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सुरुगांबाट खटिएको प्रहरी टोलीले अनुसन्ंधान शुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्