झापा , मंसिर २४ । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि नेपाली कांग्रेसले झापा क्षेत्र नं २ बाट आज उम्मेद्वार सिफारिस गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं २ ले प्रत्यक्षतर्फ सरिता प्रसाई , सजेश शिवाकोटी र छत्रबहादुर गिरीको नाम सिफारिस गरेको हो । त्यस्तै समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ । उमा शिवाकोटी , सीता पौडेल , भूमा घिमिरे , उर्मिला पोखरेल , देविका निरौला बस्नेत , मनु विश्वकर्मा , मिरा खड्का , रणदेव हजाम , हस्त परियार , कृष्णबहादुर श्रेष्ठ र पाण्डवलाल चौधरीको नाम सिफारिस गरिएको जनाइएको छ ।



