झापा, मंसिर २४ । चुल्होबाट आगो लागेर इलाममा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

६ दिनअघि मंसिर १८ गते राति १०ः३० बजे इलाम नगरपालिका ६ गढीथुम्का बस्ने ४२ वर्षीय सन्तोष राई र उनकी श्रीमती ३२ वर्षीया सृजना राई चुल्हो अगाडी बसी चुल्होमा आगो जलाउन पेट्रोल खन्याएर आगो बाल्दा दुवैजना घाइते भएका थिए । अचानक आगो ठुलो भई सृजना राईको लुगामा लागेर घुँडामाथि पुरा शरीर ६० प्रतिशत जलेको थियो भने सन्तोष राईको दुबै हात, अनुहार र घाँटी जलेको थियो ।
दुवैजनालाई जिल्ला अस्पताल इलाममा ल्याई उपचार भइरहेकोमा मंसिर १९ गते दुबै घाइतेलाई थप उपचारको लागि बिराटनगरतर्फ पठाइएको थियो । ग्रिनक्रस अस्पताल बिराटनगर लगि उपचार भइरहेकोमा सृजना राईको आज बिहान ४ बजे मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



