झापा, मंसिर २४ । कन्काईमा तीनवटा सवारी साधन एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

सोमवार साँझ ५ः४० बजे कन्काई वडा नं.८ खाडी बस्तीस्थित भित्री सडकखण्डमा राजगढबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे ९ प ४६९१ नं. को मोटरसाइकल त्यसैगरी लक्ष्मीपुरबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–०१२प ८५६५ न. को मोटरसाइकल र राजगढबाट लक्ष्मीपुरतर्फ आउँँदै गरेको प्र.१–०१–००१ ह ९७६० न. को अटो एकापसमा जुधेका थिए ।
सो दुर्घटनामा ४६९१न. को मोटरसाइकलका चालक बाह्रदशी वडा न.५बस्ने वर्ष ३३ का जयनारायण हजाम , सोही मोटरसाइकलमा पछाडी सवार बाह्रदशी वडा न.३ बस्ने वर्ष २४ का विकास राजवंशी र ८५६५न. को मोटरसाइकलका चालक बाह्रदशी वडान.७ बस्ने वर्ष२४का भुपेश राजवंशी घाइते भएका थिए ।
घाइते तीनैजनालाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । आज बिहान ११ः५५ बजे विकास राजवंशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो चालक कनकाई वडा न.८बस्ने वर्ष४१ का अमरकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट कानुनी प्रकृया तथा अनुसन्धानको लागि प्रहरी टोली खटिएर शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । तीनैवटा सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



