झापा, मंसिर २५ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बिजय खड्कालाई कुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ फक्तालुङ गाउँपालिका १ खेजेदिन बस्ने २७ वर्षीय जिते शेर्पा रहेका छन् । उनलाई हिजो दिउँसो २ बजे बिर्तामोडको पश्चिम स्टेण्डबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र इप्रका बिर्तामोडबाट खटिएको सादा पोशाकको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।



