झापा , मंसिर २६ । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा क्षेत्र नं २ बाट स्वास्थ्यकर्मी तथा संचारकर्मी रणदेव हजाम समानुपातिक उम्मेद्वार सिफारिस भएका छन् ।

झापा क्षेत्र नं २ बाट सिफारिस भएर आएको उनीसहित १४ जनाको नामावली जिल्ला समितिले कोशी प्रदेश समितिमा पठाएको हो । २०४८ सालदेखि नेपनल विद्यार्थी संघबाट राजनीति शुरु गरेका बिर्तामोड निवासी हजाम झापा क्षेत्र नं २ ‘क’ को क्षेत्रीय प्रतिनिधि , प्रेस युनियन झापाका जिल्ला सदस्य , मानव अधिकार संजाल झापाको सदस्यलगायत विभिन्न संघ संगठनमा आवद्ध छन् । आयुर्वेदिक स्वास्थ्यकर्मी हजामले २०५८ सालदेखि रविन आयुर्वेदिक फार्मेसी संचालन गर्दै आएका छन् ।
क्षेत्र नं २ मा प्रत्यक्षतर्फ सरिता प्रसाई , छत्रबहादुर गिरी र सजेश शिवाकोटीको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ । उमा शिवाकोटी , सीता पौडेल , भूमा घिमिरे , उर्मिला पोखरेल , देविका निरौला बस्नेत , मनु विश्वकर्मा , मिरा खड्का , रणदेव हजाम , हस्त परियार , कृष्णबहादुर श्रेष्ठ र पाण्डवलाल चौधरीको नाम प्रदेश समितिमा पठाइएको छ ।



