झापा, मंसिर २६ । झापाको मेचीनगरमा गाईले हानेर एकजना गंभीर घाइते भएका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर– २ बहादुरगञ्ज बस्ने बद्री निरौलाले संचालन गरेको गाईफर्ममा काम गर्ने सोही ठाउँका ६५ वर्षीय धनबहादुर कार्कीलाई गाईले हानेर घाइते बनाएको हो । उनलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । छातीमा चोट लागेका घाइते कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



