झापा, मंसिर २६ । संगठन विस्तारको क्रममा रहेको हर्क साम्पाङको श्रम संस्कृति पार्टीले झापा जिल्ला कमिटी गठन गरेको छ ।

आज दिउँसो बिर्तामोड नगरपालिका ४ स्थित हिमालप्रकाश कन्दङ्वाको निजी निवासमा भएको भेलाले श्रम संस्कृति पार्टीको झापा जिल्ला कमिटी गठन गरेको हो । केशव भण्डारीको अध्यक्षतामा गठन भएको जिल्ला कमिटीको उपाध्यक्षमा सुमनकुमार पोखरेल , सम्पूर्नी राई र प्रेम दमी राई, सचिव शिवन सोराली मगर,सहसचिव करण संग्रौला र बालकुमार भुजेल ,कोषाध्यक्ष ससिता राई र सह कोषाध्यक्षमा दीपेन्द्र राई रहेका छन् ।

प्रत्येक नगर/ गाउँपलिकाबाट ५/५ जना सदस्य रहने गरी जिल्ला कमिटीलाई पूर्णता दिइने जनाइएको छ । आगामी पुस ९ गते केन्द्रीय अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा बिर्तामोड ५ स्थित सिटी सेन्टरमा जिल्ला सभा हुने जानकारी दिइएको छ ।

भेलामा श्रम संस्कृति पार्टीका झापा जिल्ला सहजकर्ता हिमालप्रकाश कन्दङ्वाको संयोजकत्वमा पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता पालुङवा राईको प्रमुख आतिथ्यमा दमक नगर कमिटी अध्यक्ष पुजा गुरुङलगायत करिव ८०/९० जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्