झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न.५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् ।

उपचारका लागि ल्याएका उनीहरु हिजो साँझ ७ बजे सोही सुधार केन्द्रको मुल गेटको पर्खाल नाघेर भागेका हुन् ।
भाग्नेहरुमा दमक १बस्ने बर्ष २१ का नविन क्षेत्री ,दमक ८बस्ने बर्ष १७ का जेम्स धिमाल ,कमल ४बस्ने बर्ष २६ का किरण राई ,कमल ५बस्ने बर्ष ३१का अर्जुन लिम्बू , सोही ठाउँ बस्ने बर्ष २३ का मनिष मगर ,गौरादह १बस्ने बर्ष २३ का सन्दिप जैरु र कमल ३बस्ने बर्ष २० का एक्सन लिम्बू रहेका छन् । घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर खोजी भइरहेको जनाइएको छ ।



